प्रतिनिधि सभा सदस्य बलायर डोटीबाट कैलालीमा बसाइ सरे

प्रतिनिधि सभा सदस्य बलायर डोटीबाट कैलालीमा बसाइ सरे

धनगढी ।  कैलाली क्षेत्र नम्बर ४ बाट चुनाव जितेका बीर बहादुर बलायर डोटीबाट बसाइसराइ गरेर कैलाली झरेका छन । बलायर डोटीको शिखर नगरपालिका – ८ बाट कैलालीको गोदावरी नगरपालिका –१० मा बसाई सरेका हुन ।

सोमबार बसाइसराइको प्रमाणपत्र उनका स्वकिय सचिव सुरत रावतले वडा कार्यालयबाट बुझेका छन ।

डोटीलाई आधार बनाएर राजनीतिक यात्रा सुरु गरेका बलायर २०७९ को निर्वाचनमा कैलाली – ४ बाट निर्वाचन लडेका थिए ।

डोटी स्थायी घर भएका बलायरलाई कैलालीमा चुनाव लड्ने क्रममा विपक्षी उम्मेदवारले टुरिष्ट उम्मेदवार भएको भन्दै प्रहार गर्ने गरेका थिए ।

चुनाव जितेपछि बलायरले आफू अब कैलालीकै बासिन्दा हुन लागेको पनि घोषणा गरेका थिए । सो घोषणाको केही समय पछि उनी कैलालीमा बसाई सरेका छन ।