लुम्बिनीमा आज मन्त्रिपरिषद् विस्तार हुँदै

लुम्बिनीमा आज मन्त्रिपरिषद् विस्तार हुँदै

काठमाडौं । आज लुम्बिनी प्रदेशको मन्त्रिपरिषद बिस्तार गरिदैंछ ।

नेपाली कांग्रेस, जनमत पार्टी र जनता समाजवादी पार्टीलाई समेटेर मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मन्त्रिपरिषद् बिस्तार गर्न लाग्नु भएको हो । तीनवटै पार्टीबाट १-१ जना मन्त्री थपिन लागेका हुन् । नयाँ मन्त्रीमा कांग्रेसबाट राजु खनाल, जनता समाजवादीका भण्डारीलाल अहिर र जनमतबमट चन्द्रकेश गुप्ता मन्त्री बन्ने लागेका हुन् ।

मुख्यमन्त्री कार्यालय स्रोतका अहिलेसम्म उनीहरुको नाम मन्त्री बन्नेमा छ । तर यी नाम तलमाथि हुन सक्नेछ । कांग्रेसका खनाल दाङ क्षेत्र नम्बर २ ९१०बाट, जनता समाजवादीका अहिर बाँके क्षेत्र नम्बर २ ९१०बाट र जनमत पार्टीका गुप्ता रुपन्देही ५ ९२०बाट प्रदेश सभामा निर्वाचित भएका थिए ।