बैतडीका जयको सेती प्रादेशिक अस्पतालमा उपचार हुँदै, अर्थिक सहयोग गर्न आग्रह

बैतडीका जयको सेती प्रादेशिक अस्पतालमा उपचार हुँदै, अर्थिक सहयोग गर्न आग्रह

धनगढी । बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर ८ का स्थानीय कालिगढ जय बहादुर पार्की भन्ने वित्तिकै परिचित नाम हो ।३९ वर्षका पार्कीले दर्जनौँ मन्दिरहरुमा देवी९देवताका मुर्ति, टुडाल तथा चित्रकला बनाइसकेका छन् । उनले काठ, सिमेन्ट र धातुका मुर्तिहरु वनाउने गर्दछन् । मठमन्दिर, घर र कार्यालयहरुमा कलात्मक मुर्ति र चित्रहरु बनाउने उनको पेशा वनेको छ ।

लोकप्रिय मुर्तिकारका रुपमा परिचित पार्की ११ दिन यता विरामी परेकोमा अझै अचेत अवस्थामा छन् । उनको सेती प्रादेशीक अस्पताल कैलाली स्थिति आइसियुम उपचार हुदैँछ । उपचारमा आर्थिक आभाव भएकाले परिवारजनले सहयोगको लागि अपिल गरिरहेको छ ।सानै उमेर देखि चित्रकला र मुर्तिकलामा औधी रुची भएका उनले औपचारीक पढाई कक्षा ४ सम्म मात्रै गरेका छन् । कहिले काहीँ मात्रै स्कूल गएका उनि चारै पटक स्कूल प्रथम भएका थिए । सानैदेखी चित्रकलामा रुची भएका उनि पढाई प्रति निकै कम भएपनि नेपाली र अंग्रेजीमा होडिङ बोर्डहरु लेख्ने गर्दछन् ।पार्की कलिलो उमेरमा स्कूल पढ्ने बेला किताबमा भएका चित्रहरु हुवहु सिसाकलमले कापीमा उतार्थे । आफ्नो आँखाले देखेका वस्तुहरूको चित्र दुरुस्तै कापीमा उतार्न सक्ने खुबी उनमा बाल्यकाल देखि नै थियो । उनका बुबा धनविर पार्की समेत जिल्लामा नाम चलेका कुशल शिपालु हुन् । बुवाकै कलाको प्रभाव छोरामा परेको देखिन्छ ।पार्कीले बैतडीको प्रसिद्ध शक्तिपीठ डिलाशैनी भगवती मन्दिर, कालागाँउमा अवस्थीत मौलिङ मन्दीर, कञ्चनपुर जिल्लामा अवस्थीत भगवतीको मन्दिर , कैलाली, दार्चुला, डोटी, डडेल्धुरा, बझाङ्ग र अछाम जिल्लामा रहेका अधिकांश मन्दीरहरुमा उनले नै कोरेका मुर्ति, टुडाल र चित्रहरु रहेका छन् ।

पार्कीले अभ्यास बाटै काम सिकेका हुन् । उनले घरका झ्यालढोकामा भरेका बुट्टाहरु निकै आर्कषक छन् । उनि कृषिजन्य औजार र घरेलु हातहतियार बनाउनमा पनि उत्तिकै सिपालु छन् । उनले आफ्नो घरका कोठाहरुमा आफै सारिने कलात्मक भाडाकुडाँहरु निर्माण गरेर प्रयोगमा ल्याएकाछन् ।

उनले मुर्तिकला र चित्रकलामा औपचारिक शिक्षा वा तालिम भने कतैबाट लिएका छैनन् । बिरामी परेका पार्कीको उपचार गरेर उनलाई बचाउन सबै पक्षबाट सहयोगको जरुरी छ । ११ दिन देखी धनगढी स्थिति सेती प्रादेशिक अस्पतालमा उपचाररत पार्कीलाई औषधी किन्न समस्या भएको उनका आफन्त दिपक पार्की बताउछन् ।

उनले भने – ‘उहाँ गाउँमा जातो पिस्ने महिलाहरुको समस्यालाई समाधान गर्न खुट्टाले जातो पिस्ने यन्त्र बनाउने तयारीमा हुनुहुन्थ्यो, उक्त यन्त्रको खाका बनाउने क्रममै बेहोस भएर ढल्नुभयो अझै होसमा आउनुभएको छैन् ।’ कलाका धनी व्यक्तिलाई उपचारका लागि आर्थिक संकलन अभियान थाल्नुपर्ने पाटन बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख पृतबहादुर विष्टको भनाई छ ।

पार्की गाउँ ठाउँकै गहना भएकोले उनलाई बचाउँन कुनै कसर बाँकी नराख्ने स्थानिय समाजसेवी धन बहादुर विष्टले बताए । यस्तै पत्रकार नरेन्द्र बिष्टले पनि पार्कीको उपचार सहयोगमा आफुबाट हुन सक्ने सहयोग जति बेला पनि रहने बताए । यसमा सबै सहयोगि मनहरुको ठूलो भुमिका रहने भएकाले उनको उपचारमा सबैले सहयोग गरिदिन पनि विष्टले अपिल गरेका छन् । यस्तै दोगडाकेदार गाउँपालिका अध्यक्ष चक्र बहादुर कार्कीले सक्दो सहयोग गरिने बताएका छन् ।

यस्तै पूर्व सांसद एवम् नेकपा माओवादी केन्द्रका बैतडी जिल्ला इन्चार्ज नरेन्द्र कुवँर, प्रदेश सांसद लक्ष्मी बिक, माओवादी नेता भुवन बिश्यवकर्मा, रमेश महर, पूर्व प्रदेश सांसद लिलाधर भट्ट, नेकपा माओवादीका सुदूरपश्चिम प्रदेश कमिटी सदस्य एवम् बैतडी जिल्ला सह इन्चार्ज विक्रम कुवँर प्रतीक, राष्ट्रिय स्वतन्त्र पार्टीका सुदूरपश्चिम महामन्त्री लगायत नेताहरूले मुर्तीकार पार्कीलाई बचाउन उपचारको थप पहल गरिने आश्वासन दिएका छन् ।

साथै उनीहरूले स्वास्थ्य लाभको कामना व्यक्त गरेका छन् ।यस्तै नजिकका छिमेकी आफन्त, शुभ – चिन्तक, समाजसेवी तथा राजनितिकर्मीहरुले उपचारमा सहयोग गर्ने आश्वासन दिइरहेका छन् । सबै पक्षले उपचारमा सहयोग गरेर राम्रो अस्पताल लैजान पाएको खण्डमा लोकप्रिय मुर्तिकार पार्कीलाई बचाउन सकिनेछ । पार्कीको श्रीमती र दुई छोरा दुई छोरी रहेका छन् ।

आर्थिक अभावका कारण उनको उपचारमा समस्या भएको हो । केहि दिन अगाडी उनी प्रदेश अस्पताल धनगढीमा उपचाररत छन् । केही समयको लागि औषधी लिएका पार्कीको स्वास्थ निको हुदै गएको बताईएको छ ।उनी उपचारका लागि प्रादेशिकअस्पतालमै छन् । तर घरपरिवारको आर्थिक अवस्था कमजोर भएका ११ दिनसम्म पनि उपचार गराँउदा आफुसँग भएको रकम सबै सकिएको उनका आफन्त दिपक पार्की बताउँछन् ।

आफन्तले उनको ज्यान बचाइ दिन सहयोगी मनहरुलाई गुहार गरेका छन् । साथै उनका भाई कृष्ण पार्कीको सम्पर्क न.९८६३३५७८६२ मा सम्पर्क गर्न सकिने छ । सहयोग गर्न ईच्छुकले कुमारी बैंक लिमिटेडमा रहेको कृष्ण पार्कीको दाता नम्बर ०२८०२७६७०६४००००१ मा जम्मा गरी सहयोग गर्न आग्रह गरेका छन् ।