जेठ १३ गते देखि सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशन सुरू हुने

जेठ १३ गते देखि सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशन सुरू हुने

धनगढी । सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशन यहीँ जेठ १३ गतेबाट  सुरू हुने भएको छ ।

आईतबार (आज) साँझ ५ बजे मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा मन्त्री परिषदको बैठक बसेर उक्त निर्णय भएको हो । 

बैठकमा भौतिक पुर्वाधार मन्त्री प्रकाश देउवा, आर्थिक मामिला मन्त्री नरेश बहादुर साही, आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंह, सामाजिक बिकास मन्त्री झपट साउँद र वन तथा उद्योग मन्त्री रमेश धामी सहभागी थिए ।