धनगढीकी डा. शाह मृत्यु प्रकरण: दुई जना पक्राउ

धनगढीकी डा. शाह मृत्यु प्रकरण: दुई जना पक्राउ

धनगढी। धनगढी उपमहानगरपालिका–५ बस्ने २६ वर्षीया डा.प्रसन्ना शाह मृत भेटिएको घटनाको अनुुसन्धानका लागि प्रहरीले दुई युवकलाई नियन्त्रणमा लिएको छ।

धनगढीको माया मेट्रो अस्पतालमा कार्यरत डाक्टर शाहको मृत्यु प्रकरणमा धनगढीकै बिकल केसी र डा. सन्दीप भट्टराईलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कुलदीप चन्दले मृतकका परिवारले ल्याएको किटानी जाहेरीका आधारमा शाहका पूर्व प्रेमी समेत रहेका शाह र हालका प्रेमी भट्टराईलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको बताए।

उनकाअनुसार केसी शनिबार बिहान र भट्टराई दिउँसो जिल्ला प्रहरी कार्यालयमा उपस्थित भएका हुन्। आत्महत्या दुरुत्साहन गर्न बाध्य पारेको भन्दै मायामेट्रो अस्पतालमा उनीसँगै कार्यरत डाक्टर भट्टराई र केसीलाई समातिएको हो। उनीहरु अहिले प्रहरी थुनामा छन्।

प्रहरीकाअनुसार भट्टराई मृतक शाहसँग प्रेम सम्बन्धमा थिए। मृतकका आफन्तले आत्महत्या दुरुत्साहन सम्बन्धी दुवै जनाविरुद्ध किटानी जाहेरी दिएका थिए।

उनकाअनुसार घटनाबारे अनुसन्धान र सोधखोज जारी छ। जिल्ला प्रहरी कार्यालयका एसपी देवेन्द्र पालले घटना प्रारम्भिक अनुसन्धानको चरणमा रहेकाले धेरै कुरा सार्वजनिक गर्न नमिल्ने बताए। मायामेट्रो अस्पतालमा कार्यरत डाक्टर शाह बिहीबार बिहान आफ्नै घरको कोठामा मृत भेटिएकी थिइन्।