सुदूरपश्चिम प्रदेश सभाको दोस्रो कार्यकालको प्रथम अधिवेशन अन्त्य

सुदूरपश्चिम प्रदेश सभाको दोस्रो कार्यकालको प्रथम अधिवेशन अन्त्य

धनगढी । सुदूरपश्चिम प्रदेश सभाको दोस्रो कार्यकालको प्रथम अधिवेशन अन्त्य भएको छ । प्रदेश सभाको प्रथम अधिवेशनको नवौंं बैठक शनिवार सम्पन्न भएसंगै हिउदे अधिवेश अन्त्य भएको हो । 

सभामुख, उपसभामुख, मुख्यमन्त्री तथा प्रदेश सभा विषयगत समिति गठन गर्दै वैठक अन्त्य गरिएको सभामुख भिमबहादुर भण्डारीले सभालाई जानकारी दिए ।