कैलालीमा करेन्ट लागेर एक जनाको ज्यान गयो

कैलालीमा करेन्ट लागेर एक जनाको ज्यान गयो

 धनगढी। कैलालीमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ। 

जिल्लाको कैलारी गाउँपालिका–३ ओमनगर शिविरका ३२ वर्षीय कुन्कु चौधरीको करेन्ट लागेर शनिबार दिउँसो मृत्यु भएको हो।

घोडाघोडी नगरपालिका–४ सुन्दरपुरस्थित कौवा खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारका लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।