पुजा शर्मालाई लोकप्रिय पत्रकार प्रकाश सुवेदीले दिए काउन्टर जवाफ

पुजा शर्मालाई लोकप्रिय पत्रकार प्रकाश सुवेदीले दिए काउन्टर जवाफ

थियो प्रकाश सुवेदी शोमा पुजा शर्माको विषयमा रचनात्मक सुझाव सहितका रिपोर्ट आएपछि पुजा शर्माले आत्माआलोचना गर्छिन भनेर । तर उनी उल्टै प्रकाश शुवेदीलाई चेतावनी दिदै हिडेकी छिन् जुन सभ्य समाजको आधारभुत मान्यताभित्र पदैँन् । वर्तमान परिदृश्यमा प्रकाश शुवेदी सो फिल्मी क्षेत्रमा मात्रै होईन नेपालको टेलिभिजन क्षेत्रको सबैभन्दा लोकप्रिय कार्यक्रम हो भन्ने कुरापुजा शर्माले बुझ्न जरुरी छ ।

फिल्मी पत्रकारिताका माध्यमबाट कलाक्षेत्रलाई सही मार्गमा डोर्याउन अहोरात्र कटिबद्ध सुवेदीमाथी पुजा शर्माको ब्यबहार कुन हदसम्म जायज छ त्योे दर्शकहरुले मुल्याकंन गरिनैरहेका छन् । चलचित्र विकास बोर्ड जस्तो सार्वजनिक संस्थाको नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका भुवन केसीसँगको पुजा शर्माको ब्यबहार सार्वजनिक स्थलमा पाच्य देखिदैँन्। परिवारको जुनसुकै सदस्यले पनि यसरी सार्वजनिक ठाउँमा उभिएर जतिसुकै निकट भएपनि यस्तो ब्यबहार गर्दा नकारात्मक सन्देश प्रबाह हुन् जान्छ । त्यसकारण पुजा शर्माले प्रकाश शुवेदीको विद्धता र कार्यक्रममाथी प्रश्न उठाउनुअघि आत्मालोचना गर्नु वाञ्छनीय देखिन्छ ।

प्रकाश सुवेदीले दिएका रचनात्मक सुझावहरु आत्मसात गर्दै पुजा शर्मालेपनिआफुलाई सभ्य र सुसंस्कृत बनाउनु जरुरी छ अन्यथा समाजप्रतिको पुजा शर्माको कर्तब्य निर्वाह नहुन सक्छ र गलत सन्देश प्रवाह हुन्छ ।