बैतडीको दोगडाकेदार गाउँपालिकामा  टोलफ्री नम्बर सञ्चालन

बैतडीको दोगडाकेदार गाउँपालिकामा  टोलफ्री नम्बर सञ्चालन

बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिकाले टोलफ्री नम्बर सञ्चालनमा ल्याएको छ ।  पालिका बासीका गुनासो सुन्न गाउँपालिकाले पैँसा नलाग्ने टोलफ्री नम्बर सञ्चालनमा ल्याएको हो ।

बिहीवारबाट टोलफ्री नम्बर सञ्चालन गरिएको गाउँपालिकाका सूचना अधिकारी प्रयाग राज पन्तले जानकारी दिए । फोन गर्दा  पैँसा नलाग्ने १८१०५०००४२२ नम्बरको टोलफ्री नम्बर सञ्चालन गरिएको  उनले  बताए । यसमा कल गरेर  नागरिकहरुले गाउँपालिकाबाट प्रदान हुने  सेवाका बारेमा जानकारी लिनुका साथै गुनासो समेत टिप्न सक्ने छन् ।

नागरिकहरुको  सहजताका लागि टोलफ्री सेवा सञ्चालन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रबिन्द्र बहादुर  धामीले बताए । यस्तै दोगडाकेदार गाउँपालिकाले अडियो  नोटिस बोर्ड सेवा सूचारु पनि सुरु गरेको छ । १६१८०७०७०९५०३ नम्बर डायल गरि अडियो  नोटिस बोर्ड सेवा सुन्न सकिने गाउँपालिकाले  जनाएको  छ ।