डोटीको आदर्श गाउँपालिकाद्वारा एक वर्षमा गरेका कामहरू सार्वजनिक

डोटीको आदर्श गाउँपालिकाद्वारा एक वर्षमा गरेका कामहरू सार्वजनिक

डोटी । आदर्श गाउँपालिका डोटीले एक वर्षमा गरेका कामहरूको विवरण सार्वजनिक गरेको छ । पालीकाले शुक्रवार कामको विवरण  सार्वजनिक गरेको हो ।

पालिकाले एक वर्षको अवधिमा गरेका कार्य सम्पादन तथा विवरणहरू सार्वजनिक गरेको गाउँपालिका उपाध्यक्ष लक्ष्मी धामी रोकायले बताइन् ।

पालिकाकाले एक वर्षमा गरेका सम्पादन गरेका कार्यहरू तथा योजना सबैलाई जानकारी होस् भनेर सार्वजनिक गरेको पालिका अध्यक्ष गणेश खड्काले बताए ।

पालिकाकाले निर्वाचित भएको एक वर्षमा शिक्षा, स्वास्थ्य , खानेपानी , सडक , शिपबिकास तालीम , भौतिक संरचना , मदिरा निषेध , कृषि , सडक , पञ्च वर्षीय आवधिक योजना ,स्वास्थ्य शिविर महिला ज्येष्ठ नागरिकका क्षेत्रमा गरेका लगायतका ३८ बुँदा समिटिएको प्रगति विवरण सार्वजनिक गरिएको छ।
यस्ता छन् कार्यहरू।