प्रदेश सभाको नवौं बैठक आज बस्दै

प्रदेश सभाको नवौं बैठक आज बस्दै

धनगढी ।  सुदूरपश्चिम प्रदेश सभाको दोस्रो कार्यकालको प्रथम अधिवेशनको नवौ बैठक आज बस्दै छ ।

प्रदेश सभा सचिवालयले आज दिउसो २ बजे नवौं बैठक आह्वान गरेको हो ।

विजनेसविहिन रहेको प्रदेश सभाको बैठकको कार्यतालिका भने तयार भएको छैन् । प्रदेश सभाका सूचना अधिकारी युवराज जोशीले सर्वदलिय बैठकबाट कार्यतालिका तय हुने बताए । 

जोशीले भने –‘सम्भवतः विषयगत समिति गठन गर्नेबारे कार्यतालिका चयन हुने छ ।’

यस्तै मन्त्रीहरुको सपथग्रहण पनि ११ बजेपछी हुने संभावना रहेको छ ।

No description available.