गेटा अस्पताल यसै वर्ष संचालनमा आउने

गेटा अस्पताल यसै वर्ष संचालनमा आउने

धनगढी । सरकारले गेटा अस्पताल यही वर्षदेखि सञ्चालन गर्ने नीति लिएको छ।

शुक्रबार संघीय संसद्‌मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सो विषय उल्लेख गरेका हुन्।

गेटा चिकित्सा विश्वविद्यालय बनाउने सरकारले निर्णय गरेको छ। त्यसका लागि यही अधिवेशनमा विधेयक समेत ल्याउने सरकारको दाबी छ।