एलिजाले बाल्छु भनेको ‘आगो’ कसरी निभ्यो

एलिजाले बाल्छु भनेको ‘आगो’ कसरी निभ्यो

नागरिक उन्मुक्ती पार्टीका अध्यक्ष रेशम चौधरीलाई सर्वोच्च अदालतले जन्मकैदकै सजायँ सुनाएपछि नायिकाबाट नेता बनेकी एलिजा गौतम आक्रोशित भइन् । उनले, अब देशमा आगो बाल्ने आक्रोशपूर्ण प्रतिक्रिया दिइन् । 

एलिजाले रेशम चौधरी निर्दोष भएको भन्दै उनलाई सुनियोजित रुपमा फसाइएकाले अब आगो बाल्ने प्रतिक्रिया दिइन् । उनको यो प्रतिक्रियाले सामाजिक संजाल तातेको छ । सामाजिक संजालमा उनी ट्रोल पनि बनिन् । 

अहिले पनि सामाजिक संजालमा एलिजालाई लिएर ट्रोलहरु बनिरहेका छन् । तर, आक्रोशपूर्ण अभिव्यक्ति दिएको भोलीपल्टै एलिजा शान्त भइन् । उनले बाल्छु भनेको आगो निभेको छ । 

सामाजिक संजालमा स्टाटस कोर्दै एलिजाले आफू राजनीतिमा सिकारु मान्छे भएको र आफू भित्र थुप्रै कमजोरी रहेको भन्दै त्यसलाई सुधार गर्दै लैजाने बताएकी छिन् । उनले, आफ्ना पार्टीका नेता रेशम चौधरी जेलमा रहेका कारण आफूले आक्रोशमा बोलेको र सरकारलाई खबरदारी गरेको लेखेकी छिन् ।

उनले, समाजका लागि केही गर्ने हुटहुटीका कारण आफू राजनीतिमा आएको भन्दै सबैको सुझावलाई मनन गर्दै कमजोरी सुधार गर्दै लैजाने बताएकी छिन् ।