कुकुरले खाइदियो २३ हजार रुपैयाँ, मालिकले गरे यस्तो

कुकुरले खाइदियो २३ हजार रुपैयाँ, मालिकले गरे यस्तो

उत्तरी वेल्समा लेब्राडूडल प्रजातिको एक कुकुरले आफ्नो मालिकको १६० पाउन्ड अर्थात् लगभग २३ हजार रुपैयाँ खाइदिएको छ । 

नर्थ वेल्सका जोडी जुडिथ र नील राइट बजार गएर फर्किंदा घरभरि नोटका टुक्रा भान्सा र हलमा छरिएको पाए । ओज्जी नामक उनीहरूको कुकुरले यसो गरिदिएको उनीहरूले थाहा पाइहाले । 

ओज्जीले नोट भरिएको एउटा खामै खाइदिएछ । त्यो खाम उसले लेटरबक्सबाट निकालेको थियो । यस क्रममा उसले लगाग २३ हजार खाइदिएछ । 

ओज्जीलाई तत्कालै अस्पताल लगियो । उपचारपछि कुकुरको पेटमा भएका सबै नोटलाई बान्ता गराएर बाहिर निकालियो । 

चिकित्सकहरूले उसको पेटबाट नोट र प्लास्टिक मनी ब्याग बरामद गरे । ओज्जीको उपचारमा मालिकले १३० पाउन्ड खर्च गर्नुपरेको छ । यसले गर्दा मालिकको लगभग ४५ हजार रुपैयाँ नोक्सान भयो । 

ओज्जीले यसअघि कहिले पनि पैसा नखाएको नीलले बताए । अब लेटरबक्सलाई जालीले छोप्ने र यस्तो घटना दोहोरिन नदिने उनले बताए ।