सर्वोच्चको फैसलाप्रति अनर्गल नलेख्न रेश्मको अनुरोध

सर्वोच्चको फैसलाप्रति अनर्गल नलेख्न रेश्मको अनुरोध

धनगढी । टीकापुर घटनामा जन्मकैद सजाय पाएका नागरिक उन्मुक्ति पार्टीका नेता रेश्म चौधरीले अझै न्यायिक पर्खाइमा रहेको प्रतिक्रिया दिएका छन् ।

मंगलबार सर्वोच्च अदालतले जिल्ला अदालत कैलालीको फैसलालाई सदर गर्दै रेश्मलाई जन्मकैद सुनाएकोमा बुधबार विज्ञप्ती जारी गर्दै सर्वोच्चको न्यायलयप्रति भरोसा रहेको र न्यायिक पर्खाईमा रहेको प्रतिक्रिया दिएका हुन् ।

टिकापुर घटनाको फैसलालाई अनर्गल बनाउदै जथाभावी सामाजिक सन्जालमा जे पायो त्यही पोष्ट नगर्न हुन नेता रेश्मले पार्टीका नेता, कार्यकर्ता, बुद्दीजिबी, समर्थक तथा दाजू भाई दिदीबहिनीहरुलाई अनुरोध गरे ।

‘सम्मानित सर्वोच अदालतले गरेको फैसलामा म प्रति न्यायिक नहुन सक्छ तर त्यसो भन्दैमा स्वीकार्नुको बिक्लप हुन्न । टिकापुर घटनालाई लक्षित बनाएर गरेको फैसला स्वीकार्दै भोली पुनरावकलनको बाटो हाम्रोलागी खुल्ला छ’ विज्ञप्तीमा भनिएको छ ‘हामी सम्मानित अदालतलाई सदा सम्मान गर्छौ । साथै, सम्मानीत अदालतलाई सबैले उत्तिक्कै सम्मान गर्नू पर्दछ । त्यसैले सबैलाई सम्मनीत सर्वोच्च अदालतको सम्मान गर्न अनुरोध गर्दछु ।’

नेता रेश्मले आफु डिल्लीबजार कारागारमा धैर्य, सहनसिलताका साथ कैद भुक्तान गरिरहेको बताउँदै ‘स्वस्थ छु । रति भर मन बिचलित छैन । पुस्तक लेखी रहेको छु । केही दिनमा ‘धरातल’ नामक पुस्तकको साथ तपाई समक्ष आउने छु ।’