एपीएफलाई हराउँदै  पुलिस क्लब विजयी

एपीएफलाई हराउँदै  पुलिस क्लब विजयी

काठमाडौं ।  शहीद स्मारक ए डिभिजन लिग फुटबलमा विभागीय टिम नेपाल पुलिस क्लब विजयी भएको छ ।

एन्फा कम्लेक्स सातदोबाटोमा भएको खेलमा अर्को विभागीय क्लब एपीएफलाई १–० ले हराउँदै पुलिसले रेलिगेसन जोड छाडेको छ ।

पुलिसको जितमा ६१ औं मिनेटमा विदेशी फरवार्ड मोसेसले गरेको गोल नै निर्णायक बन्यो ।

यो जितसँगै पुलिस १८ खेलबाट २२ अंक जोडेर १०औं स्थानमा उक्लिएको छ ।

पराजित एपीएफको समान खेलबाटै २२ अंक रहे पनि हेड टु हेडमा पछि रहँदै ११औं स्थानमा छ ।