भदौंमा सुटिङ गर्ने गरि दीपक–दीपाले सुरु गरे नयाँ फिल्मको तयारी

भदौंमा सुटिङ गर्ने गरि दीपक–दीपाले सुरु गरे नयाँ फिल्मको तयारी

गतबर्ष फिल्म ‘छक्का पन्जा ४’ ब्लकबस्टर दिएपछि निर्माता दीपकराज गिरी र दीपा श्री निरौलाले नयाँ फिल्मको तयारी थालेका छन् । आज बिहान पशुपतिनाथ मन्दिरमा पूजा गर्दै दीपक र दीपाले नयाँ फिल्मको काम सुरु भएको जानकारी दिए । 

मेरो फिल्मसँग कुरा गर्दै दीपकले भने–‘हो, अब हामीले नयाँ फिल्मको तयारी सुरु गरेका छौँ । छायांकन भने भदौबाट सुरु हुन्छ ।’

दीपकले फिल्मको स्क्रिप्टको काम सुरु भएको जानकारी दिए । उनका अनुसार, २ वटा बाहिरी ब्यानरको र २ वटा आफ्नै ब्यानरको फिल्मको स्क्रिप्टमा काम भइरहेको छ । तर, कुन फिल्म बन्छ पक्का छैन । 

दीपकका अनुसार, यो पटक ‘छक्का पन्जा’को नयाँ सिरिज नभएर नयाँ नाममा फिल्म बन्न लागेको हो । 
फिल्मलाई फागुन महिनामा रिलिज गर्ने  योजनामा दीपक–दीपा छन् । दीपकका अनुसार, वि।सं २०८१ को दशैँलाई टार्गेट गरेर भने ‘छक्का पन्जा ५’ बन्नेछ ।