मोटरसाइकलमा लिफ्ट मागेर सुटिङमा पुगे अमिताभ

मोटरसाइकलमा लिफ्ट मागेर सुटिङमा पुगे अमिताभ

अमिताभ बच्चनले सामाजिक सञ्जालमा एउटा भिडियो सेयर गरेका छन्, जसमा उनी सुटिङमा पुग्न बाइक राइडरबाट लिफ्ट लिँदै गरेको देखिन्छ।

आफ्नो इन्स्टाग्राम अकाउन्टमा यो घटनालाई उद्धृत गर्दै उनले लेखेका छन्, ‘सवारीका लागि धन्यवाद साथी।’

‘तपाईंलाई थाहा छैन, तर तपाईंले मलाई समयमै काम गर्ने ठाउँमा पुग्न मद्दत गर्नुभयो। निकै छिटोगरी कहिले अन्त्य नहुने ट्राफिक जामबाट बचाउँदै। टोपी, सर्ट्स र पहेँलो टी–सर्टको मालिकलाई धन्यवाद।