काँग्रेस पूर्व सभासद शेर्पा प्रहरी समक्ष उपस्थित

काँग्रेस पूर्व सभासद शेर्पा प्रहरी समक्ष उपस्थित

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएका नेपाली कांग्रेसका पूर्वसभासद आङटावा शेर्पा प्रहरी समक्ष उपस्थित भएका छन् ।

जिल्ला अदालत काठमाडौंले आइतबार शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । प्रहरी स्रोतका अनुसार शेर्पा सोमबार प्रहरीको सम्पर्कमा आएका हुन् ।

२०७० मा रामेछाप–१ बाट संविधान सभा सदस्यमा निर्वाचित शेर्पा कांग्रेसको महाधिवेशन प्रतिनिधि हुन् । यस प्रकरणमा थुनामा रहेका केशव दुलाल र सानु भण्डारीसँग आङटावाले हिरासतमा पुगेर भेट गरेका थिए । २०७९ चैत १२ देखि हिरासतमा रहेका दुलाल र भण्डारीसँगको भेटमा शेर्पाले आरोपीहरूलाई बयान गर्दा पूर्व गृहमन्त्री बालकृष्ण खाँणको नाम नलिन आग्रह गरेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरू बताउँछन् ।

हिरासतमा गएर शेर्पाले कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व गृहमन्त्री बालकृष्ण खाँणले आरोपीहरूसँग लिएको रकम फिर्ता गर्ने आश्वासन दिएको बताइएको छ ।