भुटानी शरणार्थी प्रकरणः  ‘अनुसन्धानमा सरकारी वकिलको भूमिका ठिक छैनः अमरेशकुमार सिंह

भुटानी शरणार्थी प्रकरणः  ‘अनुसन्धानमा सरकारी वकिलको भूमिका ठिक छैनः अमरेशकुमार सिंह

काठमाडौँ । स्वतन्त्र सांसद डा।अमरेशकुमार सिंहले भुटानी शरणार्थी प्रकरणमा सरकारी वकिलको भूमिका सही नभएको बताएका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सिंहले भुटानी शरणार्थी प्रकरणमा सरकारी वकिलको कार्यालय नै प्रमाण मेटाउने काममा लागेको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन् । 

‘प्रधानमन्त्रीको मातहतको महान्यायाधिवक्ताको कार्यालयको काम कारबाही ठिक छैन, सरकारी वकिल दिनभर घाम ताप्ने गरिरहेको छ’, उनले भने, ‘आज फुर्सद छैन, भोलि फुर्सद छैन । प्रमाण कमजोर बनाउने, मेटाउने र अल्छी गर्ने, त्यसकारणले सरकारी वकिलको भूमिका सही छैन ।’  

बिचौलियाले राज्यका सबै निकाय कब्जा गरेको भन्दै यसले लोकतन्त्र नै खतरामा परेको बताए । साथै उनले सक्कली भुटानी शरणार्थीमाथि समेत शङ्का उत्पन्न भएको बताए । उनले पुलिसले मात्र भ्रष्टाचार हेर्न नसक्ने भन्दै सम्पत्ति शुद्धीकरण र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको समेत समन्वयमा अघि बढ्नुपर्ने बताए ।