खल्तिमा ल्याएका चिटका आधारमा प्रदेशका योजना दिने सिस्टम बन्द हुन्छन्- भाट

खल्तिमा ल्याएका चिटका आधारमा प्रदेशका योजना दिने सिस्टम बन्द हुन्छन्- भाट

धनगढी ।  खल्तिमा ल्याएका चिटका आधारमा योजना दिने सिस्टमलाई निरुत्साहित गरिने प्रदेश सभा सदस्य ओमबिक्रम भाट झसरलञ ले बताएका छन ।

कृष्णपुर नगरपालिका वडा नम्वर ७ मट्टैयाकटान कन्चपुरमा बनेको ग्वाँसी बहुउद्देश्यीय विकास समाज नेपालको भवन उद्घाटन कार्यक्रम उनले सो कुरा बताएका हुन ।

प्रदेशमा पहुँच र कमिसनका आधार मन्त्रालयमा आएर योजना मागेर लैजाने प्रबृत्ति बन्द गर्ने बताउँदै उनले जनताका आवश्यकताका अधारमा योजना बितरण गरिने बताए ।

कृष्णपुरको बिकासका लागि पालिका, प्रदेश र केन्द्र सरकार मिलेर बिकास गरिने बताए । उनले सडक, स्वास्थ्य, शिक्षा र खानेपानिको पुर्वाधार निर्माणका लागि केन्द र प्रदेश सरकारसग पहल गर्ने बताए ।

वडा र पालिकासग समन्वय गरेर आगामि आर्थिक बर्षका योजना छनोट गरेको बताउँदै उनले निर्वाचनका बेला बोलेका योजना पूरा गर्न प्रतिबद्ध रहेको बताए । 

उनले अर्को आर्थिकमा आर्थिक मन्दिका कारण बजेट घटेर आउने बताउदै केहि बिकासका योजना घट्ने बताए । उनले जनताका आवश्यकताका आधारमा बिकास गर्ने र जनताले बिकासको महसुस हुने गरि बिकास गरिने बताए ।

कार्यक्रममा बोल्ने स्थानीयहरुले कृष्णपुर ७ बिकासका दृष्टिकोणले पछाडि परेको बताएका थिए । उनिहरुले सडक, शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका पुर्वाधार पछाडि परेको गुनासो गरेका छन । 

पहिलो कार्यकालको प्रदेश सरकारलाई बिकासका योजनाका बिषयमा पटक पटक गुनासो गर्दा पनि सुनुवाइ नगरेको गुनासो गर्दै उनिहरुले अब आवश्यक पुर्वाधार निर्माण गर्न सरकारसँग माग गरे । 

ग्वाँसी बहुउद्देश्यीय विकास समाजका अध्यक्ष रघुनाथ भट्टको अध्यक्षतामा भएको कार्यक्रममा समाजसेवी राम भट्टले स्वागत गरेका थिए ।