मलेसियासँग खेल्ने नेपाली महिला क्रिकेट टोलीको घोषणा

मलेसियासँग खेल्ने नेपाली महिला क्रिकेट टोलीको घोषणा

काठमाडौं। मलेसियासँगको टी-ट्वान्टी सिरिजका लागि नेपालको राष्ट्रिय महिला क्रिकेट टोलीको प्रारम्भिक घोषणा भएको छ ।

मलेसियाको घरेलु मैदानमा मे २९ बाट सुरु हुने ५ खेलका लागि टी-ट्वान्टी टोलीको घोषणा भएको हो । अन्तर्राष्ट्रिय सिरिजका लागि घोषणा भएको टोलीमा रुबिना क्षेत्रीको कप्तानीमा १८ सदस्य रहेका छन् । मे २९ मा सुरु हुने सिरिजको दोस्रो खेल मे ३०, तेस्रो जुन १, चौथो जुन ३ र जुन ४ मा अन्तिम तथा पाचौं खेल हुनेछ ।