धनगढीमा आयोजना गरिएको 'फिल्म फेस्टीवल' सम्पन्न

धनगढीमा आयोजना गरिएको 'फिल्म फेस्टीवल' सम्पन्न

धनगढी । धनगढीमा दुई दिन सम्म आयोजना गरिएको फिल्म फेस्टीवल समापन गरिएको छ । दुई दिन सम्म फेस्टीवलमा विभिन्न डकुमेन्ट्री, फिल्महरु प्रदर्शन गरिएको थियो ।

कार्यक्रमको सभापति क्षितिज अधिराज रहेका थिए भने प्रमुख अतिथि बिन्दास मिडिया कार्यक्रम संयोजक बाल कृष्ण चौधरी रहेका थिए । यसै गरी कार्यक्रममा अतिथि थारु राष्ट्रिय मञ्चका कोषा अध्यक्ष राज चौधरी, कलाकार भीम विष्ट, सुदूरपश्चिम कला प्रतिष्ठानका महा सचिव गुणाकर पनेरु, राना थारु मञ्चका प्रतिनिधि भानु प्रताप राना, कलाकार श्रेशा राना, एडीआर राना, दिनेश एफएमका स्टेसन म्यानेजर अमिता कुँवर,कलाकार अनु खड्का लगायतको सहभागिता रहेको थियो ।

महा सचिव गुणाकर पनेरु यस प्रकारको फेस्टीवलले नयाँ सन्देश दिएको बताए । उनले यस प्रकारका फेस्टीवल आगामी दिनमा हुनुपर्नेमा जोड दिए । साथै उनले आफ्नो स्थानीय भाषाको माया गरी यसको जोग्रेना गर्नुपर्ने बताए । यस्तै थारु कलाकार मञ्चका राजु चौधरीले सबै समुदायको कला संस्कृतिलाई माया गर्नुपर्ने बताएका छन् ।

सन्देश मूलक डकुमेन्ट्री फिल्महरु हेर्न धनगढीका विभिन्न विद्यालयका विद्यार्थी, शिक्षक तथा विभिन्न संघसंस्थामा कार्यरत कर्मचारीको सहभागिता रहेको थियो । डक्सकुल र लुम नेपालको सहकार्यमा कार्यक्रम आयोजना गरिएको हो । यस संस्थाले सामाजिक क्षेत्रमा काम गर्ने तथा मिडियामा कार्यरतहरूलाई ५ दिने डकुमेन्ट्री तथा भिडियोग्राफी सम्बन्धी तालिम समेत प्रदान गरेको छ ।

आगामी दिनमा भिडियो सामाग्री उत्पादन गर्दा कसरी उत्कृष्ट बनाउन सकिन्छ भनेर यस तालिमको आयोजना गरिएको लुम नेपालकी उपाध्यक्ष पुष्पा जोशीले बताइन । उनले उत्कृष्ट भिडियो बनाउनुका साथै समाजमा भइरहेका विषय बस्तुलाई कसरी उठाउन सकिन्छ भन्ने कुरा यस तालिमबाट प्रशिक्षर्थीहरुले सिक्ने अवसर पाएको बताइन् ।

No description available.

आगामी दिनमा पनि यस प्रकारको कार्यक्रम धनगढीमा आयोजना गरिने यस कार्यक्रमकी संयोजक रेनुका चौधरीले बताइन् । यस्तै सभापति क्षितिज अधिराजले सहभागी भएर सहयोग गरिदिने सबैमा धन्यवाद दिएका छन् ।

No description available.

No description available.