जेठ ४ गते प्रधानमन्त्रीसँग प्रश्नोत्तर

जेठ ४ गते प्रधानमन्त्रीसँग प्रश्नोत्तर

काठमाडौं । प्रतिनिधिसभामा आगामी जेठ ४ गते प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ ।

आइतबार बसेको कार्यव्यवस्था परामर्श समिति बैठकले जेठ ४ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग हुने प्रश्नोत्तर कार्यक्रम गर्ने तय गरेको नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले जानकारी दिए ।

‘नियमावलीमा व्यवस्था भए बमोजिम प्रत्येक महिनाको पहिलो हप्तामध्ये प्रधानमन्त्रीलाई अनुकुल हुने दिन निर्धारण गरेर प्रश्नोत्तर गर्ने भनेर हामीले व्यवस्थित गरेका छौं’ उनले भने, ‘त्यस सन्दर्भमा ४ गते नै प्रधानमन्त्रीले प्रश्नोत्तरमा सहभागी हुने तयारी हुँदैछ । 

प्रतिनिधिसभा नियमावलीको परिच्छेद– ९ मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर सम्बन्धी कार्यक्रम सम्बन्धी व्यवस्था छ ।