आज १० जनामा कोरोना सङ्क्रमण

आज १० जनामा कोरोना सङ्क्रमण

काठमाण्डौ । पछिल्लो २४ घण्टामा १० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । आठ सय ४४ जनाको नमुना परीक्षण गर्दा १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यही अवधिमा १२ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएका छन् । नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या एक सय २० जनामा झरेको छ । सक्रिय सङ्क्रमितमध्ये १० जना आइसोलेशनमा, एक जना आईसीयूमा र एक जना भेन्टिलेटरमा उपचाररत रहेका मन्त्रालयले जनाएको छ ।