‘बादल’का छोरा प्रतिकविरुद्ध पक्राउ अनुमति जारी

‘बादल’का छोरा प्रतिकविरुद्ध पक्राउ अनुमति जारी

काठमाडौं । जिल्ला अदालत काठमाडौँले पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’का छोरा प्रतिक थापाविरुद्ध पक्राउ गर्न अनुमति जारी गरेको छ । प्रतिकविरुद्ध पक्राउ अनुमति जारी गरेको प्रहरी स्रोतले जनाएको छ ।

भुटानी शरणार्थीको कोटामा नेपालीलाई अमेरिका पठाउने नाममा ठगेको प्रकरणमा प्रतिकको संलग्नता देखिएको छ । नेकपा ९एमाले० का उपाध्यक्ष ‘बादल’ गृहमन्त्री हुँदा गिरोहले भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउने धन्दा सुरु गरेका थिए ।

सो प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाँण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे र ‘बादल’का सुरक्षा सल्लाहकार डा. इन्द्रजित राईसहित १२ जना थुनामा छन् ।