प्रेस युनियन बैतडीको अध्यक्षमा पुनः भगीरथ अवस्थी

प्रेस युनियन बैतडीको अध्यक्षमा पुनः भगीरथ अवस्थी

बैतडी । नेपाल प्रेस युनियन बैतडी अध्यक्षमा भगीरथ अवस्थी चयन भएका छन् । पाचौं जिल्ला अधिवेशनवाट अवस्थी सर्बसम्मत रुपमा   पुनः अध्यक्षमा चयन भएका हुन् ।

यस्तै  उपाध्यक्षमा ईश्वर बोहरा,  समावेशि उपाध्यक्षमा दिपक राम लुहार, सचिवमा बिनोद सिंह बिष्ट, सहसचिवमा कल्पना  विक, कोषाध्यक्षमा केशव राज भट्ट लगायत १५ सदस्यीय नयाँ कार्यसमिति सर्बसम्मत रुपमा चयन गरिएको  बताइएको  छ ।