परिणिती चोपडा र सांसद राघव चड्डाले गरे इन्गेजमेन्ट

परिणिती चोपडा र सांसद राघव चड्डाले गरे इन्गेजमेन्ट

काठमाडौं । बलिउड अभिनेत्री परिणिती चोपडा र आम आदमी पार्टीका सांसद राघव चड्डाबीच शनिबार दिल्लीमा इन्गेजमेन्ट भएको छ । उक्त समारोहमा भारतीय राजनीतिज्ञदेखि सेलिव्रिटी सहभागि रहे ।

इन्डिया गेट नजिकको कपुरथला हाउसमा इन्गेजमेन्ट समारोह भएको थियो । बहिनीको टीकाटालोमा भाग लिन अभिनेत्री प्रियंका चोपडा समेत अमेरिकादेखि आइपुगेकी थिइन् ।