नेपाली काँग्रेस घोडाघोडी नगर कमिटीद्धारा नेपाल शिक्षक सङ्घका पदाधिकारी सम्मान

नेपाली काँग्रेस घोडाघोडी नगर कमिटीद्धारा नेपाल शिक्षक सङ्घका पदाधिकारी सम्मान

धनगढी। नेपाली काँग्रेस घोडाघोडी नगरपालिका नगर कमिटीले नव निर्वाचित नेपाल शिक्षक सङ्घका पदाधिकारी तथा सदस्यहरूलाई सम्मान गरेको छ ।

नेपाल शिक्षक सङ्घको स्थापना दिवसको अवसर पारेर नगर कमिटीले नेपाल शिक्षक सङ्घका पदाधिकारी तथा सदस्यहरूलाई खादा ओढाएर सम्मान गरेको छ ।
 

वडा नम्बर ३ निम्दीमा बसेको नेपाली काँग्रेस पार्टीको मासिक बैठकमा उपस्थित नेपाल शिक्षक सङ्घका पदाधिकारी तथा सदस्यहरूलाई सम्मान गरेको हो । कार्यक्रममा नेपाली काँग्रेसमा आबद्ध विभिन्न तह र तप्काका नेताहरूको सहभागिता रहेको थियो । कार्यक्रममा विभिन्न व्यक्तिहरूले शुभकामना मन्तव्य राखेका थिए ।

नगर सभापति बम बहादुर सिंहको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव रेवती मल्ल शाहले गर्नु भएको थियो ।