पछिल्लो २४ घण्टामा ३७ जनामा कोरोना पुष्टि

पछिल्लो २४ घण्टामा ३७ जनामा कोरोना पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा ३७ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। २४७ जनाको पीसीआर र २ हजार १६७ जनाको एन्टीजेन परीक्षणका क्रममा ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। 

उक्त अवधिमा १४ जना उपचारपछि निको भएका छन्। यो सँगै निको हुनेको संख्या ९ लाख ९१ हजार ५९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हाल देशभर १२६ जना सक्रिय संक्रमित छन्।