कश्मीरमा भाजपा नेताको हत्या

कश्मीरमा भाजपा नेताको हत्या

भारत प्रशासित जम्मू–कश्मीरको अनंतनागमा भारतीय जनता पार्टी (भाजपा) का नेताको हत्या भएको छ । चरमपन्थी समूहले शनिबार राति भाजपा नेता गुल मोहम्मदको हत्या गरेका हुन् । चरपन्थीले मोहम्मदलाई गोली हानेका हुन् ।

उनी अनंतनाग जिल्लाका भाजपा उपाध्यक्ष थिए । अनंतनाग लोकसभा सिटमा आमचुनाव हुने दुई दिनअघि यो घटना भएको हो । सोमबार त्यहाँ मतदान हुँदैछ ।

भाजपाले हत्याको निन्दा गरेको छ र यसबारे सिबिआई मार्फत जाँच हुने पर्ने माग गरेको छ । नौगाममा रहेको घरमै मोहम्मदमाथि आक्रमण भएको हो । गम्भीर घाइते भएका उनलाई अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो ।