संविधानसभा सदस्य बस्नेतको निधन

संविधानसभा सदस्य बस्नेतको निधन

काठमाडौँ ।  संविधानसभा सदस्य पुरुषोत्तम बस्नेतको निधन भएको छ ।  नेपाली काँग्रेस नेता समेत रहेका बस्नेतको ७८ वर्षको उमेरमा आज बिहान निधन भएको हो। उनी काठमाडौँको सिफलमा बस्दै आएका थिए ।

२००२ मङ्सिर २१ गते लिखु पिके गाउँपालिका, वडा नं ३ सोलुखुम्बुमा जन्मेका बस्नेत नेपाली काँग्रेसका सक्रिय राजनीतिमा लामो समयसम्म रहेका थिए।

काँग्रेसको केन्द्रिय सदस्यसमेत भएका बस्नेतले त्रिभुवन विश्वविद्यालयबाट एमए तथा बीएल गरेका छन्। बस्नेतले गोरखापत्र संस्थानको कार्यकारी अध्यक्षसमेतको जिम्मेवारी सम्हालेका थिए ।