जिल्ला प्रशासन कार्यालय दार्चुलाः दैनिक रुपमा सेवा प्रवाहको तथ्याङ सार्वजनिक गर्दै

जिल्ला प्रशासन कार्यालय दार्चुलाः दैनिक रुपमा सेवा प्रवाहको तथ्याङ सार्वजनिक गर्दै

दार्चुला । जिल्ला प्रशासन कार्याय दार्चुलाले अब दैनिक रुपमा हुने सेवा प्रभावको तथ्याङ सार्वजनिक गदै प्रशासन कार्यालय दार्चुलाले नयाँ अभ्यासको थालनी गरेको छ । 

विहिबार प्रशासन कार्यालय दार्चुलाले कार्यालयको तर्फबाट प्रतिदिनमा सेवाग्रहीलाई प्रदान गरिएका सेवाहरुको तथ्याङ सार्वनिक गदै कार्यालयले नयाँ अभ्यासको सुरुवात गरेको जिल्ला प्रशासन कार्यालय दार्चुलाका कम्प्युटर अपरेटर मोहन दत्त भट्टले बताए।

दार्चुलामा नया आएका प्रमुख जिल्ला अधिकारी किरण जोशीले कार्यालयका कर्मचारीहरुलाई कार्यालयबाट प्रबाह हुने सेवाहरु दैनिक रुपमा कार्यालयको फेसबुक आइडीबाट सार्वजनिक गर्न निर्देशन दिएपछि विहिबार देखि प्रशासन कार्यालयले दैनिक रुपमा प्रबाह गरेका सेवाहरुको बारेमा जानकारी दिन थालिइएको उनले बताए ।

कार्यालयले सार्वजनिक गरेको तथ्याङ अनुसार आज मात्रै ५ जना पुरुष ५ जना महिलागरी १० जनालाई नयाँ नागरीकता विरतण गरिएको छ । 

यस्तै, नागरीकताको प्रतिलिपि ९ जनालाई प्रदान गरिएको साहयक प्रमुख जिल्ला अधिकारी प्रदिप सिह धामीले बताए। विद्युतीय राहादानी फारम ७ जनालाई प्रदान गरिएको छ । राष्ट्रिय परिचय पत्र विरतण दर्ता ९ जना पुरुष र ४ जना महिलागरी १३ जनालाई प्रदान गरिएको छ ।

आदीबासी जनजाति प्रमाणित १ जना, ब्यहोरा सिपारिस १ जना,भारतीय समकक्षलाई ४ वटा पत्र काटिएको प्रशासनले जनाएको छ । प्रशासन कार्यालय दार्चुलामा हाल सम्म कुल मुद्धाको संख्या १९ वटा रहेकोमा जसमध्ये मुद्धा फछयौट १५ बाकी ४ वटा रहेका छन । राहादानी शुल्कबाट ३५ हजार रुपैँया संकलन गरिएको कार्यालयले जनाएको छ ।

सामान्य नागरिकका लागि सबै भन्दा बढि काम समेत प्रशासन कार्यालयमा पर्ने गरेको भन्दै प्रमुख जिल्ला अधिकारी किरण जोशीले सेवाहरू विना झन्झट, चुस्त र प्रभावकारी रूपमा प्राप्त गरुन भन्ने हेतुका साथै नागरीकहरुलाई प्रदान गरिएका सेवाहरु अब देखि नियमिति रुपमा प्रबाह हुने उनले बताए ।