सुदूरपश्चिममा कोरोना अप्डेटः सङ्क्रमितको सङ्ख्या १८ जना मात्रै

सुदूरपश्चिममा कोरोना अप्डेटः सङ्क्रमितको सङ्ख्या १८ जना मात्रै

धनगढी । सुदूरपश्चिम प्रदेशमा सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या घटेको छ । पछिल्लो समय कोरोना सङ्क्रमण दर घटेसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या पनि घटेको हो । 

यो प्रदेशमा १८ जनामात्रै सक्रिय सङ्क्रमित रहेको प्रादेशिक स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । सो कार्यालयका अनुसार कैलालीमा ११ र कञ्चनपुरमा सात जना सक्रिय सङ्क्रमित रहेका छन् । बाँकी पहाडका सात जिल्ला सक्रिय सङ्क्रमित मुक्त भएको छ । 

बिहीबार दुई जनामामात्रै सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २१२ जनाको नमुना परीक्षण गर्दा दुई जनामा सङ्क्रमण पुष्टि भएको हो। यसैगरी, कोरोना सङ्क्रमित दुई जना सेती प्रादेशिक अस्पताल भर्ना भएका छन्। जसमध्ये एक जनाको सघन उपचार कक्ष ९आइसियु० मा राखेर उपचार भइरहेको छ । 

यो प्रदेशमा हालसम्म छ लाख ६३ हजार ८४७ जनाको नमुना परीक्षण गरिएको छ। जसमध्ये ६२ हजार ४५२ जनामा कोरोना पुष्टि भएको छ । कोरोना सङ्क्रमण भएपछि ज्यान गुमाउनेको सङ्ख्या ६३६ पुगेको छ । पछिल्लो सङ्क्रमणको क्रममा कञ्चनपुरका एक जना सङ्क्रमितको ज्यान गएको थियो ।