सालघारीबाट खैरो हेरोइन सहित २ जना पक्राउ

सालघारीबाट खैरो हेरोइन सहित २ जना पक्राउ

कञ्चनपुर  । कञ्चनपुरको भीमदत्त नगरपालिका—१८ सालघारी क्षेत्रबाट खैरो हेरोइन सहित २ जना पक्राउ परेका छन । बिहीबार ३ ग्राम खैरो हेरोइन सहित सालघारी बस्ने कमलेश गिरी र पंकच चन्द पक्राउ परेका हुन ।

उनीहरुको साथबाट ३२ हजार नेपाली रुपैयाँ पनि बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रकाश डाँगीका अनुसार उनीहरुको साथबाट पटाका पनि बरामद गरिएको छ ।