सुदूरपश्चिम सरकारमा नाउपा सहभागी हुने

सुदूरपश्चिम सरकारमा नाउपा सहभागी हुने

धनगढी । दूरपश्चिम प्रदेश सरकारमा  नागरिक उन्मुक्ति पार्टी पनी  सुहभागी हुने  भएको छ । बिहीबार दिउँसो बसेको नाउपा संसदीय दलको बैठकले मुख्यमन्त्री कमल बहादुर शाह नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको हो ।

संसदीय दलका नेता घनश्याम चौधरीले सरकारमा सहभागी हुन निर्णय गरेको जानकारी दिए । टीका थापा बाहेकका ६ जना प्रदेशसभा सदस्य सहभागी बैठकले रामेश्वर चौधरी र लक्ष्मण किशोर चौधरीलाई सरकारमा पठाउने निर्णय समेत गरेको छ ।

दलका नेता चौधरीले निवर्तमान दल नेता रामेश्वर र निवर्तमान प्रमुख सचेतक लक्ष्मणलाई सरकारमा पठाउने निर्णय भएको बताए ।