धनगढीको एक क्यान्टिनमा आगलागी

धनगढीको एक क्यान्टिनमा आगलागी

धनगढी । धनगढीको एक क्यान्टिनमा आगलागी भएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर २ मा रहेको वेस्टर्न कलेजको चमेनागृहमा बिहिवार दिउसो आगलागी भएको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार राकेश शर्माले सञ्चालन गरेको चमेना गृहमा ग्याँल लिक भएर आगो लागेको हो। आगलागीबाट फ्रिज, टेबुल, कुर्सी लगाएतका सामान जलेका छन्। प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ।