दुना टपरीको प्रयोग गर्न घोडाघोडी नगरपालिकाको आग्रह

दुना टपरीको प्रयोग गर्न घोडाघोडी नगरपालिकाको आग्रह

सुखड । कैलालीको घोडाघोडी नगरपालिकाले दुना टपरीको प्रयोग गर्न आग्रह गरेको छ । पालिका भित्र रहेका होटेल, रेस्टुरेन्ट, खाजा घर, विवाह, भोज भतेर, बत्रबन्ध,मेला पर्व र होमस्टेमा सालको पातबाट निर्मित दुना टपरीको प्रयोग गर्न सरोकारवालाहरूलाई एक सूचना प्रकाशित गरेर आग्रह गरेको छ ।
 
प्लास्टिक जन्य बस्तुहरूको विस्थापन गर्दे स्थानीय कच्चा पदार्थ बाट निमार्ण भएका दुना टपरीको प्रयोगलाई प्राथमिकता दिन सबैमा अनुरोध गरेको छ । दुना टपरीको प्रयोग पश्चात् टपरीला ई कम्पोस्ट मल बनाउन प्रयोग गरिने हुँदा वातावरण सफा र स्वच्छ हुने विश्वास गरिएको छ ।

पालिकाले प्लास्टिक मुक्त अभियान सफल पार्न दुना टपरी उत्पादनमा जोड थालेको छ । प्लास्टिक मुक्त घोडाघोडी बनाउनु सबैको महत्त्वपूर्ण भूमिका हुने विश्वास पालिकाले लिएको छ ।