नेकपा(एकीकृत समाजवादी) कैलालीद्धारा भ्रष्टचार विरुद्ध प्रर्दशन

नेकपा(एकीकृत समाजवादी) कैलालीद्धारा भ्रष्टचार विरुद्ध प्रर्दशन

धनगढी । नेपाल कम्युनिष्ट पाटी (एकीकृत समाजवादी) कैलाली जिल्ला कमिटीले भ्रस्टाचार विरुद्ध जुलुस प्रर्दशन गरेको छ । धनगढीको एल एन चोक बाट शुरु भएको प्रर्दशन जिल्ला प्रशासन कैलालीको गेटमा नारावाजी गर्दै कोणसभामा परिणत भएको थियो । 

नेपालीलाई भुटानी शरणार्थी बनाई  भ्रस्टाचार गर्ने गिरोहलाई कानूनी दायरामा ल्याउन माग गर्दै प्रर्दशन गरीएको जिल्ला अध्यक्ष विमल जोशीले बताए । 

सरकारले भ्रस्टाचार काण्डमा ठुला भिआईपीहरुलाई पक्राउ गरेको काम स्वागत योग्य भएको भन्दै त्यो प्रकरणमा नाम जोडीएका जोसुकै लाई कानूनी दायरामा ल्याउन पर्ने जोशीले बताए । अध्यक्ष जोशीले भने–पार्टीले भ्रस्टाचारीका विरुद्ध आन्दोलन गर्ने छ, जो जो त्यो काण्डमा जोडीएका छन कार्वाही गर्नु पर्छ, सबैको बारे सत्यतथ्य छानविन हुन पर्छ । सरकारले भ्रस्टाचारी जोगाउने चलखेल आफ्नो पार्टीलाई सैह्य नहुने जोशीले बताए ।