अछामको चौरपार्टी गाउँपालिकाका अध्यक्ष माथी नेविसंघकाको आक्रमण

अछामको चौरपार्टी गाउँपालिकाका अध्यक्ष माथी नेविसंघकाको आक्रमण

धनगढी । अछाममा गाउँपालिकाका अध्यक्षमाथि आक्रमण भएको छ। जिल्लाको चौरपार्टी गाउँपालिकाका अध्यक्ष भीमबहादुर साउँदमाथि नेविसंघका जिल्ला सभापति खेम खड्कासहितका दुई जनाले आक्रमण गरेका हुन्। 

गाउँपालिकाका अध्यक्ष साउँदले आफूमाथि आक्रमण भएको भन्दै प्रहरीमा उजुरी दिएका छन्। जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक कैलाश विष्टका अनुसार गाउँपालिकाका अध्यक्ष साउँदले गाडिमा रहेका बेला रोकेर, बोतलले हानेको भन्दै उजुरी दिएका छन्। 

काँग्रेसबाट विजयी गाउँपालिकाका अध्यक्ष साउँदलाई नेपाल विद्यार्थी संघ (नेविसंघ)का जिल्ला सभापति खेम खड्का र नरबहादुर खड्काले आक्रमण गरेको आरोप छ। उनीहरु बिचमा पुरानो रिसिबीका कारण झगडा भएको प्रहरीले बताएको छ।

तर गाउँपालिकाका अध्यक्षको टाउँकोमा बोतल हानेका नेविसंघका जिल्ला सभापति खेम खड्का र नरबहादुर खड्का फरार भएका छन्। प्रहरीले उनीहरुको खोजी थालेको बताएको छ। तर काँग्रेसको विद्यार्थी संगठन नेविसंघका जिल्ला सभापतिले आक्रमण गरेकाले उनलाई काँग्रेसका नेताहरुले नै संरक्षण गरेको आरोप छ।