कैलालीको सुखड बजारका व्यापारीहरू आफै टहरा हटाउँदै

कैलालीको सुखड बजारका व्यापारीहरू आफै टहरा हटाउँदै

धनगढी । कैलालीको घोडाघोडी नगरपालिका–१ सुखड बजारका व्यापारीहरूले स्वः स्फूर्त रुपमा टहराहरू हटाउन थालेका छन् । सुखड–भजनी सडक खण्डको मुख्य बजार अतिक्रमण गरी निर्माण गरीका संरचना हटाउन व्यापारीहरू स्वः स्फूर्त रुपमा लागी परेका छन् । आफूहरूले खोका, छाप्रा, टहरा, संरचना लगायत सबै प्रकारका अतिक्रमित संरचना हटाउन लागी परेको व्यापारीहरूले बताएका छन् ।
 
आफूहरूले खोका, छाप्रा, टहरा हटाएर स्थानीय सरकारलाई सहयोग गरेको उनिहरुको भनाई रहेको छ । नगरपालिकाले सुखड–भजनी सडक खण्डको मुख्य बजार सुखड चोक देखी शान्तिनगर चोक सम्मको अतिक्रमित संरचना हटाउन २१ दिने अल्टिमेटम सूचना जारी गरेको थियो । आफैँले नहटाएमा नगरले ती अतिक्रमण संरचना आफैँ हटाउने चेतावनी दिएको छ ।
 
२१ दिन नपुग्दै  सुखड बजारका व्यापारीहरू स्वः स्फूर्त रुपमा टहराहरू हटाउन लागी परेका छन् । करिब २५० मिटर क्षेत्रमा रहेका खोका, छाप्रा, टहरा, संरचना लगायत सबै प्रकारका अतिक्रमित  हटाउन आग्रह गरीएको छ । करिब २५० मिटर क्षेत्रमा १६ मिटर चौडाइ हुने गरी नाली सहित सडक कालो पत्रे हुने बताईएको छ ।