बाजुरामा खुल्यो पहिलो पटक कापी उद्योग

बाजुरामा खुल्यो पहिलो पटक कापी उद्योग

बाजुरा । बाजुरामा पहिलो पटक कापी उद्योग संचालन गरिएको छ । सदरमुकाम मार्तडीमा कापी उद्योग संचालनमा ल्याइएको हो ।

घरेलु तथा साना उद्योग कार्यालय बाजुराको अनुदान र २० प्रतिशत व्यक्तीगत खर्चमा कापी उद्योग संचालनमा ल्याइएको बडिमालिका नगरपालिका नगर उपप्रमुख नन्दा थापाले बताएकी छिन ।

२० प्रतिशत व्यक्तीगत लगानी र घरेलु तथा साना उद्योग कार्यालयको अनुदान गरी करिव १६ लाखमा कापी उद्योग स्थापना गरिएको उनले बताए ।