बैतडीमा म्याद नाघेका सामग्री विक्रि गर्नेबाट जरीवाना असुल

बैतडीमा म्याद नाघेका सामग्री विक्रि गर्नेबाट जरीवाना असुल

बैतडी । बैतडीमा बजार अनुगमनका क्रमम अहिले सम्म १ लाख ४० हजार जरीवाना असुल गरिएको छ । जिल्लाका विभिन्न स्थानमा बजार अनुगमन गर्दा म्याद गुज्रेका सामग्री विक्रि वितरण गर्नेबाट जरीवाना असुल गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख प्रवीन अधिकारीले जानकारी दिए । 

चालु आर्थिक बर्षको अहिले सम्म विभिन्न स्थानमा ३ सय ६ ओटा पसलमा अनुगमन गर्दा ६६ हजार ५८६ रुपैंया बराबरको म्याद सकिएको सामग्री नष्ट गरिएको अधिकारीले जानकारी दिए । 

अझै पनि बजारमा म्याद सकिएका गुणस्तरहीन सामग्रीको विक्रि वितरण हुने गरेको पाइएको छ । अनुगमनका क्रममा जहिले पनि म्याद सकिएका सामग्री फेला पर्ने गरेका खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख अधिकारीले बताए । 

जिल्लाको संयुक्त बजार अनुगमन समितिले अनुगमन गरेका ठाउँमा व्यापारी र उपभोक्ता दुवैको लापरवाही फेला परेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शंकर बोहराले बताए । 

स्थानीय सरकारले सञ्चालन ऐन २०७४ ले स्थानीय तहको क्षेत्रभित्र रहेका बजारहरुको अनुगमन गर्ने दायित्व स्थानीय सरकारको भएपनि त्यो तर्फ स्थानीय सरकारहरुको ध्यान जान सकेको छैन् ।