‘जिउँदो शहीद’ कायस्थको निधनप्रति प्रधानमन्त्रीद्वारा समवेदना व्यक्त

‘जिउँदो शहीद’ कायस्थको निधनप्रति प्रधानमन्त्रीद्वारा समवेदना व्यक्त

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दोस्रो जनआन्दोलनका घाइते ‘जिउँदो शहीद’ मुकेश कायस्थको निधनप्रति समवेदना व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री प्रचण्डले सामाजिक सञ्जाल फेसबुकमार्फत समवेदना व्यक्त गर्नुभएको हो ।

उहाँले फेसबुकमा लेख्नुभएको छ, ‘दोस्रो जनआन्दोलनका घाइते ‘जिउँदो सहिद’ मुकेश कायस्थको असामयिक निधनप्रति दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । शोक सन्तप्त परिवार, आफन्त र शुभेच्छुकहरूमा गहिरो समवेदना प्रकट गर्दछु ।’

कायस्थको उपचारका क्रममा बुधबार राति ८ बजे निधन भएको थियो ।

२०६२ साल चैत २७ गतेको आन्दोलनका क्रममा कायस्थलाई बनेपामा गोली लागेको थियो । त्यतिबेला उनी १४ वर्षका थिए । प्रहरीको गोली लागेर अचेत भएका कायस्थलाई पक्षघात भएको थियो । उनी हिँडडुल समेत गर्न सक्दैन थिए । गोली लागेपछि होस गुमाएका उनी १७ वर्षसम्म अर्धचेत अवस्थामै बाँचेका थिए ।