च्याम्पियन्स लिगः दोस्रो सेमिफाइनलमा एसी मिलान र इन्टर मिलान खेल्दै

च्याम्पियन्स लिगः दोस्रो सेमिफाइनलमा एसी मिलान र इन्टर मिलान खेल्दै

काठमाण्डौ । यूईएफए च्याम्पियन्स लिग फुटबलको दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज बुधवार राति एसी मिलान र इन्टर मिलान खेल्दैछन् । खेल राति पौने १ बजे सान सिरो स्टेडियममा सुरु हुनेछ ।

क्वाटरफाइनलमा एसी मिलानले नापोलीलाई र इन्टर मिलानले बेन्फिकालाई हराएर अन्तिम चारमा स्थान पक्का गरेका हुन् । एसी मिलानले अहिलेसम्म सात पटक च्याम्पियन्स लिगको उपाधि जितेको छ भने इन्टर मिलानले तीन पटक जितेको छ ।

हिजो मङ्गलवार भएको पहिलो सेमिफाइनलको पहिलो लेगमा म्यानचेस्टर सिटी र रियल मड्रिडले १–१ गोलको बराबरी खेलेका छन् ।