थप १७ जनामा कोरोना संक्रमण पुष्टि, २३ जना निको

थप १७ जनामा कोरोना संक्रमण पुष्टि, २३ जना निको

काठमाडौँ ।  पछिल्लो २४ घण्टामा देशभर थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ सय ५ जनामा कोरोना परीक्षण गर्दा १७ जनामा संक्रमण पुष्टि भएको हो । आज २३ जना संक्रमित निको भएका छन् भने हाल देशभर १ सय ४१ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । 

हाल अस्पतालमा रहेका संक्रमितमध्ये १ जना भेन्टिलेटर र ५ जना आईसीयूमा रहेका छन् ।