दैलेखमा मजदुरी गर्न गएका १२ जना आगलागीमा परे

दैलेखमा मजदुरी गर्न गएका १२ जना आगलागीमा परे

दैलेख । दैलेखमा मजदुरी गर्न गएका १२ जना आगलागीमा परेका छन् । आठबिस नगरपालिका ६, को माल्याको जंगलमा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत बाटो खन्न गएका उनीहरू वनमा लागेको आगोमा परी घाइते भएका छन् ।

आठबिस नगरपालिकाका प्रमुख तर्कबहादुर बडुवालका अनुसार काम गरीरहेको अवस्थामा एक्कासि वनमा लागेको आगो फैलिएको र भाग्ने ठाउँ नभएपछि उनीहरूको शरिरमा आगो लागेको हो । घटनास्थलतर्फ प्रहरी, स्वास्थ्यकर्मी र स्थानीयसहितको टोली खटिएको प्रहरीको भनाई छ । 

‘काम गर्न गएका १२ जना आगलागीमा परेको बुझिएको छ । घटनाको विस्तृत विवरण आइनसकेको उनको भनाइ छ ।