इन्डियन प्रिमियर लिग: पञ्जावविरुद्ध कोलकाता पाँच विकेटले विजयी

इन्डियन प्रिमियर लिग: पञ्जावविरुद्ध कोलकाता पाँच विकेटले विजयी

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राईडर्सले पञ्जाव किङ्सविरुद्ध पाँच विकेटको जित निकालेको छ । सोमबार इडेन गार्डेनमा सम्पन्न खेलमा पञ्जावले प्रस्तुत गरेको १८० रनको लक्ष्य कोलकाताले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर पूरा गर्यो । 

कोलकाताको जितमा कप्तान नितिश राणाले ५१ रन बनाए । आन्द्रे रसेलले ४२, जासन रोयले ३८, रिन्कु सिंहले अविजित २१ र वेन्कटेस ऐयरले ११ रन थपे । 

पञ्जावका राहुल चहरले दुई विकेट लिए । नाथन एल्स र हरप्रीत ब्रारले समान एक विकेट लिए । 

त्यसअघि टस जितेर ब्याटिङमा आएको पञ्जावले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १७९ रनको योगफल खडा गरेको थियो । पञ्जावका कप्तान शिखर धवनले ५७ रन बनाएका थिए । जितेश शर्मा र मोहम्मद साहरुख खानले समान २१ रन थप्दा ऋषि धवनले १९, हरप्रीत ब्रारले १७, लियन लिभिङ्स्टोनले १५ र प्रभसिम्रन सिंहले १२ रन जोडे ।

कोलकाताका वरुण चक्रवर्तीले तीन विकेट लिए । हर्सित राणाले दुई विकेट लिदा सुयास शर्मा र नितिश राणाले एकरएक विकेट लिए । जितसँगै ११ खेलबाट १० अंक जोडेको कोलकाता तालिकाको पाचौँ स्थानमा उक्लिएको छ । समान खेलबाट १० अंक नै जोडेको पञ्जाव तालिकाको सातौँ स्थानमा छ ।