हरिकृष्ण कार्की प्रधानन्यायाधीशमा सिफारिस

हरिकृष्ण कार्की प्रधानन्यायाधीशमा सिफारिस

काठमाण्डौ । संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा कायममुकायम ९कामु० प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई सिफारिस गरेको छ ।

आज सोमवार सिंहदरबारमा बसेको संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा कार्कीको नाम सिफारिस गर्ने निर्णय गरेको राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए । 

प्रधानन्यायाधीश नियुक्तिका लागि सरकारमाथि चर्को दबाब परेको थियो । परिषद्ले कामु प्रधानन्यायाधीश कार्कीलाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरे पनि सुनुवाइका लागि भने संसदीय सुनुवाइ विशेष समिति बनेको छैन ।