लागुऔषध दुर्व्यसनिविरुद्ध विद्यार्थीहरुसंग सचेतनामुलक

लागुऔषध दुर्व्यसनिविरुद्ध विद्यार्थीहरुसंग सचेतनामुलक

धनगढी । लागुऔषध दुर्व्यसनिविरुद्ध विद्यार्थीहरुसंग सचेतनामुलक कार्यक्रम गरिएको छ ।

धनगढी उपमहानगरपालिकाको सहयोग तथा कटक फाउण्डेसनको आयोजनामा धनगढी उपमहानगरपालिका वडा नम्बर ३ स्थित मयुर बोर्डिङ स्कुलका विद्यार्थीहरुसंग सचेतनामुलक कार्यक्रम गरिएको हो ।

फाउण्डेसनका अध्यक्ष गणेश भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्राचार्य तपेन्द्र सिंह प्रमुख अतिथि रहेका थिए । सो अवसरमा बोल्दै प्राचार्य सिंहले व्यक्तिले मानसिक, शाररिक संगै सामाजिक रुपमा पनि स्वस्थ रहनुपर्ने बताए । उनले भने –‘मानसिक र शाररिक रुपमै स्वस्थ नरहे व्यक्ति समाजबाट पनि वहिस्कृत हुनुपर्ने अवस्था हुन्छ ।’ मानिसलाई अस्वस्थ बनाउने प्रमुख तत्व भनेको लागु औषध दुर्व्यशनी रहेकाले यसबाटै सबै टाढा रहनुपर्ने उनको भनाई छ ।

धनगढी उपमहानगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष राजबहादुर ऐरले खुल्ला सिमानाका कारण पछिल्लो समय युवासंगै स–साना बालकहरु पनि दुव्र्यशनीको शिकार बन्दै गएको बताए । उनले अभिभावकहरुले चासो नदिँदा पनि अहिलेका युवाहरुमा दुव्र्यशनीको लत बढ्दै गएको बताए । उनले भने –‘हरेक हप्तामा विद्यालयमा पनि लागुऔषध दुर्व्यशनीसम्बन्धी जानकारीमुलक कार्यक्रम अघि बढाउन जरुरी छ । यसका लागि वडा कार्यालय र उपमहानगरपालिकाले गर्नुपर्ने सहयोगमा कुनै कमजोरी हुने छैन् ।’

विद्यालयका फाउण्डेसन पदमबहादुर साउदले लागुऔषधका कारण व्यक्तिले विभिन्न रोगको सामाना गर्नुका साथै समाजमा स–सम्मान बाच्न सक्ने अवस्था नरहेको बताए । उनले भने –‘समाजमा स–सम्मान बाँच्नका लागि पनि लागुऔषध दुव्र्यसनीबाट सबै टाढा रहनुपर्छ ।’

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक सन्तोष बस्यालले प्रहरीमा लागुऔषध दुर्व्यसनिविरुद्धका उजुरी दर्ता हुने क्रम बढेको बताए । उनले चालु आर्थिक वर्षको चैत महिनामै गत वर्षभन्दा बढी मुद्धा दर्ता भइसकेको बताए ।

कार्यक्रममा धनगढी उपमहानगरपालिका स्वास्थ्य शाखाका कृष्णबहादुर बोहरा, बह्मकुमारी इश्वरीय विश्वविद्यालयका देवराज भण्डारी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।